महिलाहरु सँग गर्नै नहुने ५ कुरा

भनिन्छ, महिला र पुरुष एक रथका दुई पांग्रा हुन्। त्यसैले एक बिना अर्को अधुरो र अपुरो नै हुन्छ। त्यसमाथि पनि महिला र पुरुषबीचको सम्बन्ध सदियौं पुरनो हुनुका साथै कहिले कहिँ यो विषयमा बहस र विवाद पनि हुने गर्छ। पितृसतात्मक समाजमा महिलालाई हेर्ने दृष्टिकोण केहि फरक र अलि हैकमबादी हुने हुनाले पनि महिलाले पुरुषलाई बुझ्न नसक्ने र पुरुषले महिलालाई नबुझ्ने गुनासोहरु आउने गर्छन् । र, यो स्वाभाविक पनि हो। किनकी जब सम्म एकले अर्कोलाई समान दृष्टिकोणले हेरिंदैन र एकले अर्कोलाई संकाको भावले नभई सम्मानको भावलव हेरिदैन तब सम्म यो समस्या आईनै रहन्छ।
त्यसैले यदि पुरुषहरुले कुनै महिलासँग राम्रो चिन्न र समधुर सम्बन्ध राख्नका चाहन्छ भने उनीहरुसँग (महिला) यस्ता केही प्रश्नहरु भुलेर पनि सोध्नै नहुने विज्ञहरुले सुझाएका छन् ।

के म तिमीलाई चुम्बन गर्न सक्छु ?
कहिल्यै पनि महिलालाई म चुम्बन गर्न सक्छु ? भनेर सोध्नु हुँदैन । महिलाले चुम्बनको लागि पनि सोध्ने पुरुष मन पराउँदैनन् । चुम्बन पनि सोधेर गर्ने केटा उनीहरलाई बच्चा जस्तो लाग्छ ।

धन सम्पतिको धाक
महिलाहरुले सम्पतिको धाक लगाउने र कुरा गर्दै गर्दै कार वा बाइकका विषय झिकेर रवाफ देखाउन खोज्ने पुरुषलाई मन पराउँदैनन् । उनीहरुलाई यस्ता कुरा भन्दा केटाको प्रस्तुती र आत्मविश्वाससँग बढी चासो हुन्छ । मेरो कार देख्या छ मेरो बाइक देख्या छ भनेर कहिल्यै पनि नसोध्नुस् ।

के गर्ने कसो गर्ने
कुनै पनि स्त्रीसँग कतै घुम्न जानु भो वा बजारमा जानु भो भने कहिल्यै पनि के गर्ने कसो गर्ने भनेर नसोध्नुस् । अलिकति स्मार्ट बनेर यो गरौं त्यो गरौं भनेको महिलालाई मन पर्छ नकि सबै कुरा सोध्ने पुरुष ।

केटा साथीको बारेमा/यौन पार्टनर
कुनै पनि स्त्रीलाई उसले संगत गर्ने केटाको विषयमा सोधेको सोध्यै नगर्नुस् । नकारात्मक टिप्पणी पनि नगर्नुस् । यसले स्त्रीलाई इर्श्या वा शंका गरेको अनुभव हुन्छ जुन् सम्बन्धका लागि घातक हुन्छ ।

कुनै पनि स्त्रीलाई कति जना पुरुषसँग यौन सम्बन्ध राखेको छ वा कति जनासँग राख्छौं भन्ने प्रश्न जीवनमा भूलेर पनि नसोध्नुस् । महिलाहरुले यस्तो प्रश्नको जवाफ त कहिल्यै पनि दिँदैनन् नै उनीहरुलाई मन पनि पर्दैन ।

कारण र स्पष्टिकरण
यदि तपाइँकी स्त्रीले हिँजो तपाइँले पठाएको सन्देशको जवाफ दिइनन् भने त्यसलाई ठूलो विषय नबनाउनुस् । किन जवाफ नदिएको केहो भन्ने जस्ता प्रश्न गरेको स्त्रीहरुलाई मन पर्दैन । यसले तपाइँ उनीसँग सुरक्षित महसुस गर्नु हुन्न भन्ने समेत देखिन्छ ।