सेयर बजार अब लयमा फर्केको हो त ? के भन्छन विश्लेषक ?

सेयर बजार अब लयमा फर्केको हो त ? के भन्छन विश्लेषक

केही समय देखी निरन्तर ओरालो लागेको सेयर बजार आज (मंगलवार) निकै उतार चढाबका बिच दोहोरो अंकले बढेको छ ।
लगातार बजार घट्दा निराश बनेका लगानिकर्ताहरु आजको कारोबारले अबको दिनमा बजार उकालो लाग्नेमा आशाबादी बनेका छन ।
आजको कारोबारले अब करेक्सन लगभग पूरा भएको हो कि जस्तो संकेत गरेको छ ।

बजार २६००को बिन्दु नजिकबाट फर्किएको कारण पनि अबको समय सुखद हुनेमा आसा गर्न सकिने विश्लेषकहरुको बुझाई छ ।
लगातारको घटाइले मार्केट वियरिस ट्रेन्ड समाउनेहो कि भन्ने डर लगानीकर्ता रहेको थियो तर बजारले सकारात्मक संकेत दिएको अनुमान गर्न सकिन्छ ।

आज (मंगलबार)नेप्से सूचक १३.८३ अंकले बढेर २७१२.०७ विन्दुमा पुगेको छ भने सेन्सेटिभ सूचक पनि २.३६ अंकले बढेको छ। मंगलबार ७ अर्ब ३६ करोड ४७ लाख ९८ हजार ६५१ रुपैयाँ बराबरको १ करोड ५३ लाख ६ हजार ६१ कित्ता शेयर कारोबार भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?